२०८३, आश्विन २० गते

images
  • राजनीति
  • काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार...

काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता, कांग्रेसकी नानुलाई समर्थन

काठमाडौं ९ मा जसपा नेपालका उम्मेदवार रणबीरले लिए उम्मेदवारी फिर्ता, कांग्रेसकी नानुलाई समर्थन

आइतवार, फाल्गुण १७ २०८२१०:३२
आइतवार, फाल्गुण १७ २०८२१०:३२
  • images

    काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गरेका छन्।

    उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको र नानुलाई समर्थन गरेको बताए। रणवीरको समर्थन सँगै कांग्रेस काठमाडौ ९ मा थप बलियो बनेको छ। आफुलाई समर्थन गरेपछि रणवीरलाईकांग्रेस उम्मेदवार नानू बाँस्तोलाले खादा लगाएर सम्मान गरिन।

    प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

    काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ। यस मध्ये २० पुरुष र चार महिला उम्मेदवार छन्।

    यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार चार सय ९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव  ६९ प्रतिशत अर्थात् ३८ हजार दुई सय १७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव  ३१ प्रतिशत अर्थात् ४० हजार दुई सय ७८ रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend