२०८३, आश्विन २० गते

images
  • समाचार
  • नेपाल एयरलाइन्सले गर्‍यो दुबई र दोहाका...

नेपाल एयरलाइन्सले गर्‍यो दुबई र दोहाका सबै उडान पूर्ण रुपमा रद्द

नेपाल एयरलाइन्सले गर्‍यो दुबई र दोहाका सबै उडान पूर्ण रुपमा रद्द

सोमवार, फाल्गुण १८ २०८२०७:४१
सोमवार, फाल्गुण १८ २०८२०७:४१
  • images

    काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आज र भोलिका आफ्ना उडानहरु पूर्ण रुपमा रद्द गरेको छ ।

    मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा आज १७ गते र भोलि १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए । 

    उनले भने, “मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम ९आरए २२९÷२३०० का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रुपमा रद्द गरिएको हो ।” 

    यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ ।

    थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक ‘वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रुपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९/९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend