२०८३, आश्विन २० गते

images
  • राजनीति
  • आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र...

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिदैँ

आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिदैँ

सोमवार, फाल्गुण १८ २०८२०७:५१
सोमवार, फाल्गुण १८ २०८२०७:५१
  • images

    काठमाडौँ । आजदेखि सबै मतदान केन्द्रमा सुरक्षाकर्मी र मतदान कर्मचारी खटिने भएका छन् । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका हुन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ ।

    दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ । उनीहरुले कुनरकुन ठाउँको परिधिभित्रको क्षेत्र मतदान केन्द्र हो भनेर सबैले स्पष्टसँग देख्नेगरी सूचना निकाल्छन् ।

    देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझ्छन् । र, निर्वाचन नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरुको टोली साथमा नै रहन्छन् ।

    निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार, आइतबारसम्म विकटका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको रिपोर्ट आएको थियो । आयोगले सुदूरपश्चिम र कर्णालीमा सडकको सुविधा नपुगेका केन्द्रहरुलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरेको थियो । आइतबार अपराह्नसम्म सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका करिव ३ सय मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend