काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् । रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।
रवि चितवन क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् । मतदान गरेपछि छोटो प्रतिक्रिया दिंदै उनले भने, ‘जनताले विश्वास गरेर हामीले जित्छौं ।’
उनले अहिलेसम्म निर्वाचनको अवस्था शान्तिपूर्ण नै रहेको प्रतिक्रिया दिएका छन् । तर, केही कतै पैसा बाँडेको भन्ने सुनेको र त्यो आफ्नै क्षेत्रमा पनि सुनिएको उनले बताए ।
पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी खोलेर उम्मेदवार बनेका घिसिङले आज बिहान ७ बजे नै बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

