२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भरतपुरमा मतदानपछि प्रचण्डले भनेः नयाँ र...

भरतपुरमा मतदानपछि प्रचण्डले भनेः नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन

भरतपुरमा मतदानपछि प्रचण्डले भनेः नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन

बिहिवार, फाल्गुण २१ २०८२०८:१६
बिहिवार, फाल्गुण २१ २०८२०८:१६
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताएका छन् ।

    चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्नेमा जोड दिए ।

    उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए । 

    संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने उनले बताए । उनले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने पनि बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend