२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सिनामंगलमा मतदान गरेर झापा जादैँ बालेन,...

सिनामंगलमा मतदान गरेर झापा जादैँ बालेन, यस्तो छ सेड्युल

सिनामंगलमा मतदान गरेर झापा जादैँ बालेन, यस्तो छ सेड्युल

बिहिवार, फाल्गुण २१ २०८२०८:३१
बिहिवार, फाल्गुण २१ २०८२०८:३१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह ९बालेन० काठमाडौंमा मतदान गरेर झापा लागेका छन् ।

    काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका शाहले सिनामंगलमा रहेको अन्नपूर्ण इङ्लिस स्कुलको मतदान केन्द्र पुगेर बिहानै मतदान गरेका हुन् । काठमाडौंमा मतदान सम्पन्न गरेलगत्तै बालेन शाह आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का लागि प्रस्थान गरेका छन् । 

    निर्वाचनका दिन मतदातालाई हौसला प्रदान गर्न र मतदानको अवस्थाबारे जानकारी लिन उनी आजै झापा पुग्न लागेको बालेनको सचिवालय स्रोतले बतायो ।

    उनी आज हवाइ मार्ग हुँदै झापा जाने कार्यतालिका रहेको छ । सम्भव भएसम्म पहिलो उडानमार्फत् जाने तर यदि उडान हुन नसकेको अवस्थामा हेलिकोप्टरमा झापा पुग्ने तयारी छ ।

    झापा क्षेत्र नम्बर ५ मा यसपटकको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । यहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालेन शाहको कडा प्रतिस्पर्धा छ । 

    झापा पुगेर बालेनले दमक, कमल, गौरादह र गौरीगन्जका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गर्ने र मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend