२०८३, आश्विन २० गते

images
  • राजनीति
  • मतपत्र लुट्ने प्रयासपछि दोलखामा पुनः मतदान...

मतपत्र लुट्ने प्रयासपछि दोलखामा पुनः मतदान सुरु हुन सकेन, मतदान एजेन्ट अझै प्रहरी निमन्त्रणमा

मतपत्र लुट्ने प्रयासपछि दोलखामा पुनः मतदान सुरु हुन सकेन, मतदान एजेन्ट अझै प्रहरी निमन्त्रणमा

बिहिवार, फाल्गुण २१ २०८२०१:०४
बिहिवार, फाल्गुण २१ २०८२०१:०४
  • images

    काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्रमा उत्पन्न विवादका कारण रोकिएको मतदान अझै सञ्चालनमा आउन सकेको छैन।

    मतदान स्थलमा मतपत्र खोस्ने प्रयास भएपछि स्थिति असामान्य बनेको र त्यसपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो।

    घटनाका क्रममा मतदान स्थलमा कार्यरत कर्मचारीमाथि हातपातको प्रयास भएको बताइएपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन हवाई फायरसमेत गरेका थिए। उक्त घटनापछि मतदान प्रक्रिया स्थगित भएको र हालसम्म पुनः सुरु हुन नसकेको प्रशासनले जनाएको छ।

    दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अवरुद्ध मतदान पुनः सञ्चालनबारे स्थानीय स्तरमा छलफल जारी छ। स्थिति सामान्य बनाउन विभिन्न पक्षबीच समन्वय र परामर्श भइरहेको उनले जानकारी दिए।

    उनका अनुसार मतदान केन्द्रमा रहेका दलका प्रतिनिधि (बुथ एजेन्ट) हरूलाई सुरक्षाको दृष्टिले सुरक्षित स्थानमा राखिएको छ। मतपत्र खोस्ने प्रयास भएपछि थप तनाव सिर्जना हुन सक्ने आकलन गर्दै उनीहरूलाई मतदान स्थलबाट हटाएर सुरक्षित स्थानमा लगिएको प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend