२०८३, आश्विन २० गते

images
  • राजनीति
  • ५ मतदान केन्द्रका स्थानीयले बहिष्कार गरे...

५ मतदान केन्द्रका स्थानीयले बहिष्कार गरे मतदान, अहिलेसम्म एक भोट पनि खसेन

५ मतदान केन्द्रका स्थानीयले बहिष्कार गरे मतदान, अहिलेसम्म एक भोट पनि खसेन

बिहिवार, फाल्गुण २१ २०८२०१:२७
बिहिवार, फाल्गुण २१ २०८२०१:२७
  • images

    काठमाडौँ । देशभरि बिहानैदेखि उत्साहका साथ मतदान भइरहे पनि पाँच मतदानस्थलमा भने एक मत पनि खसेको छैन । त्यहाँका जनताले निर्वाचन बहिष्कार गरेका छन्। 

    दाङ र दार्चुलाका दुई–दुई तथा ओखलढुंगाको एक मतदानस्थलमा निर्वाचन बहिष्कार भएको हो । आफ्ना पुराना माग सरकारले पूरा नगरेको भन्दै त्यहाँका जनता संगठित भएर निर्वाचन बहिष्कार गरेका हुन्। 

    निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार दार्चुलाको नौगाढ गाउँपालिका– १, गौरीशंकर मावि र अपिहिमाल गाउँपालिका– ३, दुधिला आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा मतदान भएको छैन। यहाँका जनताले गाउँपालिकाको केन्द्र टाढा भएको समस्या समाधान नभएको भन्दै निर्वाचन बहिष्कार गरेका हुन्। 

    त्यस्तै, दाङको बबई गाउँपालिका– १ स्थित जनता आधारभूत विद्यालयमा रहेको मतदानस्थल र वडा नम्बर ७ स्थित देउती माविको मतदानस्थलमा पनि मतदान भएको छैन । त्यहाँ पनि जनताले माग पूरा नगरेको भन्दै निर्वाचनमा भाग नलिएका हुन्। वन्यजन्तुको समस्या समाधानका लागि प्रयास नभएको भन्दै उनीहरूले निर्वाचनमा भाग नलिने निर्णय गरेका हुन्। 

    ओखलढुंगाको मानेभञ्ज्याङ– ७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा मतदान भएको छैन । त्यहाँका बासिन्दाले अस्पताल स्थापनाको माग पूरा नभएपछि मतदान नगरेका हुन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend