२०८३, आश्विन २० गते

images
  • राजनीति
  • १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत...

१२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

१२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

बिहिवार, फाल्गुण २१ २०८२०१:३४
बिहिवार, फाल्गुण २१ २०८२०१:३४
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

     मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले  जानकारी दिए ।

    यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उनले जानकारी दिए ।
     
    जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन् । जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा अहिले पनि मतदान प्रक्रिया जारी रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend