२०८३, आश्विन २० गते

images
  • समाचार
  • गण्डकीका सबै जिल्लामा उत्साहपूर्ण मतदान, ४९...

गण्डकीका सबै जिल्लामा उत्साहपूर्ण मतदान, ४९ प्रतिशत खस्यो मत

गण्डकीका सबै जिल्लामा उत्साहपूर्ण मतदान, ४९ प्रतिशत खस्यो मत

बिहिवार, फाल्गुण २१ २०८२०४:१८
बिहिवार, फाल्गुण २१ २०८२०४:१८
  • images

    गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ ।

    प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । 

    गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ जना मतदाता रहेका छन्, जसमा महिला नौ लाख ५५ हजार ५१६ जना, पुुरुष नौ लाख १४ हजार ५३५ जना र अन्य १४ जना रहेका प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend