२०८३, आश्विन २० गते

images
  • राजनीति
  • काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी, यी हुन मतगणना हुने स्थान

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी, यी हुन मतगणना हुने स्थान

बिहिवार, फाल्गुण २१ २०८२०६:१६
बिहिवार, फाल्गुण २१ २०८२०६:१६
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । 

    काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । 

    खसेको मतको यकीन हुन केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए । 

    काठमाडौंका मतगणना हुने स्थानहरु : 

    क्षेत्र नं १ सहकारी विभाग 
    क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका 
    क्षेत्र नं ३ चामुन्डा माध्यामिक विद्यालय नारायणटार 
    क्षेत्र नं ४ बूढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
    क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५ 
    क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली  
    क्षेत्र नं ७ जुडो हल नयाँबजार
    क्षेत्र नं ८ जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ 
    क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु 
    क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend