२०८३, आश्विन २० गते

images
  • राजनीति
  • दुर्गम र हिमाली जिल्लाको मतगणना शुक्रबारदेखि...

दुर्गम र हिमाली जिल्लाको मतगणना शुक्रबारदेखि हुने, सुगममा आज रातीदेखि नै

दुर्गम र हिमाली जिल्लाको मतगणना शुक्रबारदेखि हुने, सुगममा आज रातीदेखि नै

बिहिवार, फाल्गुण २१ २०८२०६:३९
बिहिवार, फाल्गुण २१ २०८२०६:३९
  • images

    काठमाडौँ । निर्वाचन आयोगले दुर्गम र हिमाली जिल्लामा शुक्रबारदेखि मतगणना हुने जनाएको छ । आयोगले मतदान सकिएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगले उत्त कुरा जनाएको हो । 

    आयोगका अनुसार सुगम जिल्लाहरुमा आज रातीदेखि नै मतगणना हुनेछ । दुर्गम र विकट क्षेत्रका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले शुक्रबार मात्रै मतगणना सुरु गर्न सकिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

    सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थल,  गण्डकी प्रदेशका ३२ वटा मतदानस्थल, बागमतीका रसुवा, दोलखा र धादिङका केही मतदान केन्द्रका मतपेटिका केन्द्रमा ल्याएर मात्र मतगणना गरिनेछ। 

    यस्तै लुम्बिनी प्रदेशस्थित रुकुमपूर्वका ७ वटा मतदानस्थल, कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका ४० वटा मतदानस्थलका मतपेटिका पनि केन्द्रमै ल्याएर मतगणना गर्नुपर्नेछ।

    यसैगरी सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका पनि संकलन गर्न समय लाग्ने भएकाले शुक्रबार मात्र मतगणना सुरु गरिने आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend