२०८३, आश्विन २० गते

images

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:४५
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:४५
  • images

    काठमाडौँ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याइने भएको छ ।

    डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका भोलिसम्ममा सदमुकाम ल्याइने भएको हो । 

    यहाँका ९४१ मतदानस्थलमध्ये ९११ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।
      
    डोल्पाको डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्का ताङसोङ हुम्लाको नाम्खा गाउँपालिकाबाट पहिलो लटमा मतपेटिका र मतदान अधिकृत र दोस्रो लटमा निर्वाचन कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइने प्रवक्ता शाहले बताए ।
     
    मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट भने पैदल यात्राबाट मतपेटिका सदरमुकाम गमगढी ल्याइने उहाँको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend