२०८३, आश्विन २० गते

images

सर्लाही-४ मा मतगणना सुरु

सर्लाही-४ मा मतगणना सुरु

शुक्रवार, फाल्गुण २२ २०८२१०:४६
शुक्रवार, फाल्गुण २२ २०८२१०:४६
  • images

    काठमाडौँ । २१ फागुनको निर्वाचन अन्तर्गत चर्चामा रहेको सर्लाही ४ मा केहीबेरमा मतगणना सुरु हुँदैछ । निर्वाचन आयोग स्रोतका अनुसार केहीबेरमा सर्लाही ४ मा मतगणना सुरु हुन लागेको हो ।

    गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना सुरु भएको हो ।

    सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाबाट अमरेशकुमार सिंहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस सभापति थापा काठमाडौं ४ छोडेर सर्लाही ४ मा झरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend