२०८३, आश्विन २० गते

images
  • राजनीति
  • झापा ५ः बालेनले १० हजार कटाउँदा...

झापा ५ः बालेनले १० हजार कटाउँदा ओलीलाई ४ हजार मात्रै मत

झापा ५ः बालेनले १० हजार कटाउँदा ओलीलाई ४ हजार मात्रै मत

शुक्रवार, फाल्गुण २२ २०८२१०:४८
शुक्रवार, फाल्गुण २२ २०८२१०:४८
  • images

    काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले भारी अग्रता लिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पारेका छन्।

    पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका बालेन्द्र शाह (बालेन) ले १० हजार १९० मत प्राप्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। बालेन र ओलीबीचको मतान्तर ६ हजार १०३ रहेको छ ।

    अन्य उम्मेदवारहरू प्रतिस्पर्धामा निकै पछाडि देखिएका छन् । श्रम संस्कृति पार्टीका समिर तामाङले १३९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङ ९० मतका साथ चौथो स्थानमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend