२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सिरहामा मतगणना सुरु, क्षेत्र नं ४...

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२११:३७
शुक्रवार, फाल्गुण २२ २०८२११:३७
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ ।

    निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गरे । यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा ९एमाले० का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन् ।

    जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं ३ का निर्वाचन अधिकारी डा श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा, २ र सिरहा, ३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ । सिरहा, १ मा बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend