२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा...

निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि, कस्तो छ अन्यको अवस्था ?

निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि, कस्तो छ अन्यको अवस्था ?

शुक्रवार, फाल्गुण २२ २०८२०२:४२
शुक्रवार, फाल्गुण २२ २०८२०२:४२
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अगाडि रहेको छ ।

    निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी छ/छ स्थानमा अगाडि छन् ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एकरएक जना उम्मेदवार विजयी भएका छन् ।

    रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भैसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend