२०८३, आश्विन २० गते

images

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०२:४४
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०२:४४
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

    बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता लिएका छन् । यहाँ नेमकिपाका प्रेम सुवालले पाँच हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ र नेकपा ९एमाले० का सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन् ।

    यसैगरी क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले सात हजार दुई मतसहित  अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले दुई हजार ५३८ मत प्राप्त गर्नुभएको छ । यहाँ कांग्रेसका कविर राणाले एक हजार १५८ मत प्राप्त गरेका छन् ।

    यहाँ क्षेत्र नं १ मा एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ र क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend