२०८३, आश्विन २० गते

images

निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि

निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०५:२७
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०५:२७
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

    निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा ९एमाले० का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नौ स्थानमा अगाडि छन् ।

    त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।
     
    हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend