२०८३, आश्विन २० गते

images
  • राजनीति
  • हेलिकप्टरमार्फत मतपेटीका ल्याइयो, हुम्लामा केहीबेरमा मतगणना...

हेलिकप्टरमार्फत मतपेटीका ल्याइयो, हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने

हेलिकप्टरमार्फत मतपेटीका ल्याइयो, हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने

सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:४३
सीएनएन खबर
शुक्रवार, फाल्गुण २२ २०८२०७:४३
  • images

    काठमाडौँ । हुम्ला जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र उम्मेदवारबीच सर्वदलीय बैठक बसेपछि अहिले ७ः४५ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

    सर्वदलीय बैठक बिहान ११ः०० बजे बस्ने गरी बोलाइएको भए पनि ढिलाइ भएपछि दिउँसो ३ः०० बैठक बसेको थियो । उक्त बैठकले ७ः४५ बजेदेखि हुम्लाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए । 

    मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पूर्ण तयारी पूरा भएको उनले बताए । आज बिहान छ वटा मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत र अन्य ५९ मतदान केन्द्रका मतपेटिका स्थलमार्ग भएर राति नै मतगणनास्थलमा ल्याइसकिएको उनले जानकारी दिए ।

    उनका अनुसार हुम्लामा ३४ हजार ३७२ मतदाता भएपनि २२ हजार ४६७ मत खसेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend