२०८३, आश्विन २० गते

images
  • राजनीति
  • नवनिर्वाचित  उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय...

नवनिर्वाचित  उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

नवनिर्वाचित  उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजय र्‍याली ननिकाल्न रास्वपाको आग्रह

शनिवार, फाल्गुण २३ २०८२०७:३३
शनिवार, फाल्गुण २३ २०८२०७:३३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक डिपी अर्यालले रास्वपाबाट निर्वाचित हुने उम्मेदवार तथा पार्टीका शुभचिन्तकलाई विजयी र्‍याली ननिकाल्न आग्रह गरेको छ । 

    आज एक भिडियो सन्देश जारी गर्दै उहाँले निर्वाचित हुने उम्मेदवारसँग अबिर जात्रा गर्ने, रमाइलो गर्ने, खुसी साटासाट गर्ने तथा र्‍याली गर्ने धेरैको चाहना भए पनि यो विजयी जुलुस निकाल्ने समय नभएको बताए ।

    यस पटकको निर्वाचन आउनुमा जेनजी उमेर समूहका नानीबाबुहरुको ज्यान गुमाएको पीडा हामीबाट नसेलाएको उल्लेख गर्दै उनले मध्यपूर्वमा केही समय अघिदेखि भइरहेको घटनाका कारण पनि विजयी जुलुस ननिकाल्न आग्रह गरे ।

    “हामीलाई जनताले सरकार बनाउन र जनताका लागि काम गर्नका लागि दिएको कार्यादेश हो, त्यसैले हामीले जनताका लागि काम गरेपछि मतदाताहरुसँग घरदैलो गर्ने नै छौँ”, उनले भने। अर्यालले मतगणना स्थलमा मात्रै शुभेच्छुकलाई धन्यवाद दिन आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend