२०८३, आश्विन २० गते

images

समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा

समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा

शनिवार, फाल्गुण २३ २०८२०७:३५
शनिवार, फाल्गुण २३ २०८२०७:३५
  • images

    काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ । 

    १ः १५ बजेसम्म गणना भएको मतपरिणाम अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ । 

    यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८, नेकपा (एमाले) ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको छ ।  

    आयोगका अनुसार, श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५, राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend