२०८३, आश्विन २० गते

images
  • राजनीति
  • स्याङ्जा–१ मा रास्वपाका रेग्मी भारी मतले...

स्याङ्जा–१ मा रास्वपाका रेग्मी भारी मतले विजयी

स्याङ्जा–१ मा रास्वपाका रेग्मी भारी मतले विजयी

शनिवार, फाल्गुण २३ २०८२०७:५७
शनिवार, फाल्गुण २३ २०८२०७:५७
  • images

    काठमाडौँ । स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् ।

    शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए । उनले १८ हजार ८५७ मत प्राप्त गर्दा नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भए। उनले १६ हजार ८०४ मत प्राप्त गरेका थिए ।

    स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend