२०८३, आश्विन २० गते

images

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०८:२३
सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०८:२३
  • images

    काठमाडौँ । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

    बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।  

    नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरे । 

    बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend