२०८३, आश्विन २० गते

images

समानुपातिक तर्फ ३ लाख मत गणनाः रास्वपाले ५४ प्रतिशत ल्याउँदा अन्यको कस्तो ?

समानुपातिक तर्फ ३ लाख मत गणनाः रास्वपाले ५४ प्रतिशत ल्याउँदा अन्यको कस्तो ?

शनिवार, फाल्गुण २३ २०८२०४:३९
शनिवार, फाल्गुण २३ २०८२०४:३९
  • images

    काठमाडौँ । निर्वाचन आयोगले हालम्म समानुपातिक तर्फ ३ लाख मत गणना भएको जनाएको छ । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको हो ।

    शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो आँकडा अनुसार, रास्वपाले समानुपातिकमा पाएको मत केही घटेको छ ।

    सुरुवाततिर करिब ६० प्रतिशत जति हिस्सा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपात अहिले केही घटेर ५४ प्रतिशत रहेको छ । नेपाली कांग्रेसले कुल सदर मतको १६ प्रतिशत हिस्सा पाएको छ भने एमालेले १३ प्रतिशत मत पाएको छ ।

    एमालेपछि नेकपा र राप्रपाको मत ५-५ प्रतिशत हाराहारी छ । श्रम संस्कृति पार्टीले २ प्रतिशत भन्दा केही बढी मत पाएको छ भने त्यो भन्दा कम अनुपातमा मत पाउने दलहरुको एकमुष्ट मत करिव ५ प्रतिशतजति छ ।

    अहिलेको अनुपातलाई आधार मान्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक अरुले थ्रेसहोल्ड कटाएका छैनन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा अनुसार करिव एक करोड १० लाख मत खसेको अनुमान छ । अहिलेसम्म साढे ३ लाख मतमात्रै गणना भएको विवरण सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend