२०८३, आश्विन २० गते

images

रोल्पाबाट वर्षमान पुन विजयी

रोल्पाबाट वर्षमान पुन विजयी

सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०७:२१
सीएनएन खबर
शनिवार, फाल्गुण २३ २०८२०७:२१
  • images

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वर्षमान पुन विजयी भएका छन् ।

    पूर्वअर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् । १५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा। सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।

    यसैगरी, रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा (एमाले) का गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा (माओवादी) का चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् ।

    जिल्लामा पुनको यो ह्याट्रिक जित हो । उनी २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend