काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाइ दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जाल मार्फत उनले बालेनलाई बाबु सम्बोधन गर्दै बधाई दिएका हुन् ।
झापा ५ मा आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।
‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’
यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जितेपछि ओलीले उनलाई तबला उपहार दिएका थिए । आज सोही तस्वीर फेसबुकमा राख्दै ओलीले बालेनलाइ शुभकामना दिएका हुन् ।

