२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्लाही–४ मा गगनलाई भारी मतले हराउँदै...

सर्लाही–४ मा गगनलाई भारी मतले हराउँदै रास्वपाका सिंह विजयी

सर्लाही–४ मा गगनलाई भारी मतले हराउँदै रास्वपाका सिंह विजयी

आइतवार, फाल्गुण २४ २०८२०६:५८
आइतवार, फाल्गुण २४ २०८२०६:५८
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही  ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। 

    बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उनका निकटतम  नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए । 

    नेकपा ९एमाले०का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

    एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend