२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्वाचन सकिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन...

निर्वाचन सकिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

निर्वाचन सकिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

आइतवार, फाल्गुण २४ २०८२१०:२३
आइतवार, फाल्गुण २४ २०८२१०:२३
  • images

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आज सार्वजनिक सम्बोधन गर्दै छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आज (मार्च ८) अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला मन्त्रालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने भएकी हुन्।

    अहिले बिहान १० बजे सिंहदरबारमा महिला मन्त्रालयले आयोजना गर्ने समारोहमा प्रधानमन्त्रीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

    यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएयता प्रधानमन्त्री कार्कीले पहिलोपटक सार्वजनिक मञ्चमा भाषण गर्न लागेकी हुन्।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधान्यायाधीश कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend