२०८३, आश्विन २० गते

images

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

आइतवार, फाल्गुण २४ २०८२११:१६
आइतवार, फाल्गुण २४ २०८२११:१६
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीकै मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन तोलामा ३५ सय बढेर तीन लाख १६ हजार नौसय पुगेको छ ।

    गएको शुक्रबार सुनको मूल्य ताेलामा ४२ सय रुपैयाँ घटेर तीन लाख १३ हजार चारसयमा झरेको थियो। गएको बुधबार पनि सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको थियो।  दुई दिनमा १५ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज बढेको हो। 

    आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ। मूल्य बढेर आज चाँदीको भाउ तोलाको पाँच हजार ४ सय ७५ रुपेयाँ पुगेको महासंघले जनाएको छ। 

    गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend