२०८३, आश्विन २० गते

images
  • समाचार
  • काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.१ डिग्री...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.१ डिग्री सेल्सियस, हिजोभन्दा सामान्य गिरावट

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.१ डिग्री सेल्सियस, हिजोभन्दा सामान्य गिरावट

मंगलवार, फाल्गुण २६ २०८२०६:३६
मंगलवार, फाल्गुण २६ २०८२०६:३६
  • images

    काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज बिहान ५:४५ बजे १५.१ डिग्री सेल्सियस मापन गरिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार उक्त समयको मापनमा उपत्यकाको तापक्रम १५.१ डिग्री सेल्सियस देखिएको हो।

    हिजो सोमबार सोही समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यसपछि अन्तिम मापनका बेला बिहान ८:४५ बजे तापक्रम घटेर १५.१ डिग्री सेल्सियस कायम भएको थियो।

    महाशाखाका अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे मापन गरिनेछ। सो समयमा सुरुवातमा देखिएको तापक्रमभन्दा केही घट्ने सम्भावना रहने मौसमविद्ले बताएका छन्। कतिपय अवस्थामा भने तापक्रम सोही अवस्थामा कायम रहन पनि सक्छ।

    यसअघि आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.० डिग्री सेल्सियस मापन गरिएको थियो। मौसम महाशाखाले दैनिक रूपमा काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend