२०८३, आश्विन २० गते

images

गगनलाई चन्द्र भण्डारीको सुझावः राजीनामा भन्दा पछि छिटो अधिवेशनमा जानु

गगनलाई चन्द्र भण्डारीको सुझावः राजीनामा भन्दा पछि छिटो अधिवेशनमा जानु

मंगलवार, फाल्गुण २६ २०८२१०:०७
मंगलवार, फाल्गुण २६ २०८२१०:०७
  • images

    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई राजीना दिने धेरैले दबाब दिन थालेका छन्। सामाजिक सञ्जालमा उनले राजीनामा दिने तयारी थालेको समेत बताईएको छ । 

    उनले राजीनामा दिने तयारी गरेको भन्दै सूचना बाहिरिएपछि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेभन्दा पनि जिम्मेवारी पूरा गर्ने समय आएको बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापति गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् ।

    उनले लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’

    भण्डारीले समस्या देखेर भाग्नुभन्दा पनि उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको भएको उल्लेख गरे । उनले भने, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो ।’

    उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैंमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताए । यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।

    ‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ,’ उनले लेखेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend