२०८३, आश्विन २० गते

images

कामना सेवाले सार्वजनिक ग¥यो २०८३ सालको क्यालेन्डर

कामना सेवाले सार्वजनिक ग¥यो २०८३ सालको क्यालेन्डर

मंगलवार, फाल्गुण २६ २०८२०५:५२
मंगलवार, फाल्गुण २६ २०८२०५:५२
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आधुनिक प्रविधिलाई मध्यनजर राख्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ ।

    नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डरमा पंचाङ्ग समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभ मुहूर्ताहरु समेत समावेश गरिएको छ, जसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यहरुका लागि उपयोगी जानकारी प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

    उक्त डिजिटल क्यालेन्डर सहज रुपमा प्राप्त गर्नका लागि बैंकले क्यूआर कोड समेत सार्वजनिक  गरेको छ । सो क्यूआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले २०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend