२०८३, भाद्र १३ गते

images

एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई दियो शैक्षिक सामग्री

एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई दियो शैक्षिक सामग्री

images
शुक्रवार, फाल्गुण २९ २०८२०४:२३
शुक्रवार, फाल्गुण २९ २०८२०४:२३
  • काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० कार्यक्रम अन्तर्गत शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

    तिलगंगा, काठमाडौंस्थित उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पठनपाठनलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एक कार्यक्रमका बीच संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

    बैंकका अनुसार यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै सातै प्रदेशका विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने काम गरिसकेको छ ।

    शान्ति सेवा गृहमा रहेका विद्यार्थीहरूलाई गरिएको शैक्षिक सामग्री सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन तथा शैक्षिकस्तर सुधार गर्न थप सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend