२०८३, भाद्र १३ गते

images
  • कर्पोरेट
  • सूर्य नेपालले गर्याे प्रधानमन्त्री दैवी प्रकोप...

सूर्य नेपालले गर्याे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्मकै ठूलाे रकम सहयाेग

सूर्य नेपालले गर्याे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्मकै ठूलाे रकम सहयाेग

images
शुक्रवार, भाद्र १२ २०८३०५:२६
शुक्रवार, भाद्र १२ २०८३०५:२६
  • काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।
     
    यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो।
     
    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend