२०८३, भाद्र १३ गते

images
  • अटो
  • नाडामा गाडी किन्नेलाई कुन बैंकले कति...

नाडामा गाडी किन्नेलाई कुन बैंकले कति ब्याजमा दिन्छ कर्जा ? यस्तो छ बैंकहरूको अफर

नाडामा गाडी किन्नेलाई कुन बैंकले कति ब्याजमा दिन्छ कर्जा ? यस्तो छ बैंकहरूको अफर

images
मंगलवार, भाद्र ९ २०८३०५:३८
मंगलवार, भाद्र ९ २०८३०५:३८
  • काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो २०२६ सुरु भएको छ। अटो शोमा विभिन्न ब्रान्डका दुईपांग्रे तथा चारपांग्रे सवारी साधनसँगै बैंक तथा वित्तीय संस्थाले ल्याएका आकर्षक अटो लोन योजना पनि मुख्य आकर्षण बनेका छन्।

    नाडा अटो शोमा गाडी अवलोकन तथा खरिद गर्न पुग्ने ग्राहकले एउटै थलोबाट सवारी साधन छनोटसँगै कर्जा र बीमा सुविधा समेत लिन सक्नेछन्।

    यसपटक विभिन्न बैंक तथा वित्तीय संस्थाले अटो शो लक्षित गर्दै तुलनात्मक रूपमा आकर्षक ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेका छन्।

    कुन बैंकले कति ब्याजमा दिन्छ अटो लोन ?

    नबिल बैंकले नाडा अटो शो लक्षित गर्दै ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।

    त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि ५.१७ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने भएको छ। बैंकका अनुसार यो अफर अटो शो अवधिभर लागू हुनेछ र बैंकका सबै शाखाबाट सेवा लिन सकिनेछ। बैंकको आधारदर ४.६७ प्रतिशत र सेवा शुल्क ०.५ प्रतिशत रहेको छ।

    कुमारी बैंकले अधिकतम १० वर्षसम्मका लागि ५.२१ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकको सेवा शुल्क ०.५ प्रतिशत रहेको छ।

    लक्ष्मी सनराइज बैंकले विद्युतीय सवारी साधन (ईभी) खरिदका लागि ५.४९ प्रतिशत ब्याजदरमा ईभी लोन दिने भएको छ। बैंकका अनुसार फ्लोटिङ रेट आधारदरमा ०.५ प्रतिशत थप हुने व्यवस्था छ। बैंकले अधिकतम ६० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने र सेवा शुल्क ०.५ प्रतिशत लिने जनाएको छ।

    एनआईसी एशिया बैंकले अधिकतम ७ वर्षका लागि ५.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।

    कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने भएको छ। कर्जाको अवधि अधिकतम ७ वर्ष रहनेछ भने सेवा शुल्क ०.५ प्रतिशत तोकिएको छ। बैंकले सेवा शुल्क तथा ब्याजदरको प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने जनाएको छ।

    प्रभु बैंकले आधारदरमा ०.५० प्रतिशत प्रिमियम थप गरी सवारी कर्जा दिने जनाएको छ। बैंकको आधारदर ४.९४ प्रतिशत रहेकाले हालको दरअनुसार ब्याजदर करिब ५.४४ प्रतिशत पर्ने देखिन्छ। नाडा अटो शो अवधिभर सेवा शुल्क ०.५० प्रतिशत लिने बैंकले जनाएको छ।

    महालक्ष्मी विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ।

    त्यस्तै, गोर्खाज फाइनान्सले ६.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने जनाएको छ। फाइनान्सले उक्त दरमा केही परिवर्तन हुन सक्ने जनाएको छ।

    यस्ता छन् बैंक तथा वित्तीय संस्थाका अटो लोन अफर

    बैंक/वित्तीय संस्था ब्याजदर अन्य सुविधा
    नबिल बैंक ५.१७% नाडा लक्षित अटो लोन
    ग्लोबल आइएमई बैंक ५.१७% सेवा शुल्क ०.५%
    कुमारी बैंक ५.२१% अवधि १० वर्षसम्म, सेवा शुल्क ०.५%
    लक्ष्मी सनराइज बैंक ५.४९% ईभी लोन, ६०% सम्म फाइनान्सिङ
    कृषि विकास बैंक ५.६६% ७ वर्षसम्म, प्रिमियम/सेवा शुल्कमा ३३.३३% छुट
    एनआईसी एशिया बैंक ५.९९% अवधि ७ वर्षसम्म
    महालक्ष्मी विकास बैंक ६.४९% अटो लोन
    गोर्खाज फाइनान्स ६.९९% दर परिवर्तन हुन सक्ने

    बीमामा पनि अफर

    नाडा अटो शोमा बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनीले समेत ग्राहकलाई लक्षित गर्दै विभिन्न योजना ल्याएका छन्।

    शिखर इन्स्योरेन्सले आफ्नो स्टलमा आउने ग्राहकका लागि लक्की ड्र आयोजना गर्ने भएको छ। लक्की ड्रमार्फत एक जनाले नगरकोटस्थित सोल्टी होटलमा एक रातको बसाइ र अर्का एक जनाले एक वर्षको स्वास्थ्य बीमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। सहभागीमध्ये केहीलाई सान्त्वना पुरस्कारसमेत प्रदान गरिनेछ।

    यसरी नाडा अटो शोमा ग्राहकले गाडी खरिद गर्दा सवारी साधन, बैंक कर्जा र बीमासम्बन्धी सेवा एकै स्थानबाट लिन सक्नेछन्। यद्यपि, कर्जा लिनुअघि ब्याजदरका साथै फाइनान्सिङ प्रतिशत, कर्जाको अवधि, सेवा शुल्क, प्रिमियम र अन्य सर्तहरू समेत तुलना गरेर निर्णय गर्नु उपयुक्त हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend