२०८३, भाद्र १३ गते

images
  • समाचार
  • एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले दियो राहत कोषमा...

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले दियो राहत कोषमा १ करोड सहयोग

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले दियो राहत कोषमा १ करोड सहयोग

images
शुक्रवार, भाद्र १२ २०८३०५:२२
शुक्रवार, भाद्र १२ २०८३०५:२२
  • काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको छ ।

    विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।

    सहयोग हस्तान्तरण गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।

    कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुनस्र्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend