२०८३, भाद्र १३ गते

images
  • स्थानीय
  • एकैपटक ४७ उपसचिवको सरुवा, २१ जनालाई...

एकैपटक ४७ उपसचिवको सरुवा, २१ जनालाई स्थानीय तहको जिम्मा

एकैपटक ४७ उपसचिवको सरुवा, २१ जनालाई स्थानीय तहको जिम्मा

images
सोमवार, भाद्र ८ २०८३०८:२८
सोमवार, भाद्र ८ २०८३०८:२८
  • काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृतसहित नेपाल प्रशासन सेवाका उपसचिवहरूको स्थानीय तह, मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा सरुवा तथा पदस्थापन गरिएको हो।

    मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सूचीमा ४७ जना कर्मचारीको सरुवा तथा कामकाजसम्बन्धी विवरण समेटिएको छ। 

    मन्त्रालयले सरुवा तथा पदस्थापनमा नयाँ नियुक्त उपसचिवहरूलाई मन्त्रालयको अतिरिक्त समूहबाट स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको जनाएको छ भने विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका उपसचिवमध्ये ठूलो संख्यालाई मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा ल्याइएको दाबी गरेको छ।

    नयाँ नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २१ जना उपसचिवलाई विभिन्न नगरपालिकामा पठाइएको छ। उनीहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाउने गरी पदस्थापन गरिएको विवरणमा उल्लेख छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend