२०८३, भाद्र १३ गते

images
  • स्थानीय
  • स्याङ्जाका चार नगरपालिकामा आज सार्वजनिक बिदा,...

स्याङ्जाका चार नगरपालिकामा आज सार्वजनिक बिदा, यस्तो छ कारण

स्याङ्जाका चार नगरपालिकामा आज सार्वजनिक बिदा, यस्तो छ कारण

images
बुधवार, भाद्र १० २०८३०७:२०
बुधवार, भाद्र १० २०८३०७:२०
  • काठमाडौँ । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

    एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।  ‘मोहम्मद डे’ पनि भनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले ¥याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गरिन्छ । 

    यस्तै, सामूहिकरुपमा भेला भएर भोज खाने र एकापसमा शुभकामना साटासाट गर्ने महत्वपूर्ण दिन भएकाले बिदा दिने निर्णय गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए । 

    स्थानीय तहहरुले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा सङ्घसंस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend