२०८३, आश्विन २० गते

images

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

बुधवार, चैत्र ४ २०८२०७:४३
बुधवार, चैत्र ४ २०८२०७:४३
  • images

    काठमाडौँ । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ ।

    नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्नेछ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।

    आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend