२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा, राजेश हमालको नाममा लिएका थिए पैसा

प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा, राजेश हमालको नाममा लिएका थिए पैसा

बिहिवार, चैत्र ५ २०८२०३:५०
बिहिवार, चैत्र ५ २०८२०३:५०
  • images

    काठमाडौँ । अभिनेता राजेश हमालको निर्देशनमा चलचित्र बनाउने भन्दै गाउँपालिकाको रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदसमेत ४ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    आयोगले गाउँपालिकाका अध्यक्ष साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आर। जे, २४ न्युज भन्ने ट्वान्टी फोर मिडिया प्रालि एवं नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्साल विरुद्ध मुद्दा दायर गरेको हो ।

    सबै जनाविरुद्ध १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो कायम गरिएको छ । हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी एक नियमविपरीत १५ लाख सम्झौता गरिएको अख्तियारले जनाएको छ ।

    २० प्रतिशत मात्र पेस्की दिन मिल्ने कानूनी व्यवस्थाविपरीत गाउँपालिकाले ५८ प्रतिशतसम्म पेस्की दिएको, चलचित्र निर्माणका लागि घर भाडा र अरु खर्चका नाममा नक्कली र झुट्टा बिल पेस गरी भुक्तानी लिइएको अभियोग पत्रमा उल्लेख छ ।

    जस अनुसार १२ लाख ७७ हजार २५० रूपैयाँ भुक्तानी भएको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend