२०८३, आश्विन २० गते

images

ग्लोबल मनी वीक को अवसरमा नेपाल एसबिआई बैंकले दियो ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम, ३००० बढी बिद्यार्थी लाभान्वित

ग्लोबल मनी वीक को अवसरमा नेपाल एसबिआई बैंकले दियो ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम, ३००० बढी बिद्यार्थी लाभान्वित

आइतवार, चैत्र ८ २०८२०४:४०
आइतवार, चैत्र ८ २०८२०४:४०
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनि टर्क’ भन्ने नाराका साथ देशका विभिन्न ४४ स्थानहरुमा चैत्र २ देखी ८ गतेसम्म बिधार्थी तथा युवा लक्षित  वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।

    सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । 

    उक्त कार्यक्रमहरु कोशी प्रदेशको इटहरी, भोजपुर, बिराटनगर, बरगाछी,  बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशको सिमरा, बर्दिबास, बिरगञ्ज,  चन्द«निगाहापुर, राजगढ,  पिडारी चौक र जनकपुर, बागमति प्रदेशको पाटन, धादिङ,  नारायणगढ र हेटौंडा, गन्डकी प्रदेशको दुलेगौंडा, पोखरा, आबुखैरेनी, बेसीशहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवा,  लुम्बिनी प्रदेशको सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही  र रामपुर बजार, कर्णाली प्रदेशको सुर्खेत  र चामुण्डा, सुदुर पश्चिम प्रदेशको धनगढी, गन्यापधुरा, डडेलधुरा, महेन्द«नगर, शिबनाथ, अत्तरीया र टिकापुर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रम मार्फत ३००० भन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका थिए ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend