२०८३, आश्विन २० गते

images

कामना सेवा विकास बैक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्टबीच सम्झौता

कामना सेवा विकास बैक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्टबीच सम्झौता

आइतवार, चैत्र ८ २०८२०४:४३
आइतवार, चैत्र ८ २०८२०४:४३
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोटसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend