२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • अर्थमन्त्रीसँग भेट्दै आईएमएफ उपनिर्देशकले भनिन्- नेपालको...

अर्थमन्त्रीसँग भेट्दै आईएमएफ उपनिर्देशकले भनिन्- नेपालको अर्थतन्त्र सुधार भइरहेको पाएँ

अर्थमन्त्रीसँग भेट्दै आईएमएफ उपनिर्देशकले भनिन्- नेपालको अर्थतन्त्र सुधार भइरहेको पाएँ

आइतवार, आश्विन ६ २०८१०१:५६
आइतवार, आश्विन ६ २०८१०१:५६
  • images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त क्षेत्रकी उपनिर्देशक रुपा दत्त गुप्ताले शिष्टाचार भेट गरेकी छिन्। अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन्। 

    उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन्। सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend