२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • अर्थ मन्त्रालयको असहयोगले स्वास्थ्य बिमा कार्यक्रम...

अर्थ मन्त्रालयको असहयोगले स्वास्थ्य बिमा कार्यक्रम धरापमा : मन्त्री गौतम

अर्थ मन्त्रालयको असहयोगले स्वास्थ्य बिमा कार्यक्रम धरापमा : मन्त्री गौतम

आइतवार, चैत्र ८ २०८२०५:४९
आइतवार, चैत्र ८ २०८२०५:४९
  • images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अर्थ मन्त्रालयको असहयोगका कारण देशभरका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी छन्। मन्त्रालयमा आयोजित आफ्नो पाँच महिनाको कार्यकाल समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रम नै धरापमा परेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

    उनका अनुसार स्वास्थ्य बिमा सेवा निरन्तर सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ७ अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले मात्र १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। निर्वाचनपछि बाँकी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाइए पनि हालसम्म त्यसमा प्रगति नभएको भन्दै उनले अर्थ मन्त्रालय जिम्मेवारीबाट पन्छिएको आरोप लगाइन्।

    “कात्तिकसम्मको हिसाब निकालेर ७ अर्ब माग्दा १ अर्ब मात्रै पायौँ, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो व्यवहार बुझ्न सकिँदैन,” मन्त्री गौतमले भनिन्। मन्त्री गौतमले मन्त्रालयका अन्य कार्यक्रम कटौती गरेर समेत ७५ करोड रुपैयाँ बिमाका लागि व्यवस्थापन गरिएको जानकारी दिँदै वर्तमान अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम गम्भीर दबाबमा परेको बताइन्।

    हाल स्वास्थ्य क्षेत्रमा मासिक करिब २ अर्ब रुपैयाँ खर्च हुने गरेको छ भने बिमा बोर्डले कात्तिक मसान्तसम्म अस्पतालहरूलाई ७ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ।

    यसैबीच, अर्थमन्त्री रामेश्वर खनाले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य बिमाको भुक्तानी दायित्व व्यवस्थापन जटिल अवस्थामा रहेको उल्लेख गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend