२०८३, आश्विन २० गते

images

ग्लोबल मनी वीकमा कामना सेवाले गर्याे वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

ग्लोबल मनी वीकमा कामना सेवाले गर्याे वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

सीएनएन खबर
सोमवार, चैत्र ९ २०८२०८:५८
सीएनएन खबर
सोमवार, चैत्र ९ २०८२०८:५८
  • images

    काठमाडौँ । ग्लोबल मनी वीक २०२६ को अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनी वीक’ प्रत्येक वर्ष अर्गनाइजेसन फर इकोनोमिकको–अपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा मार्च महिनामा मनाइने गरिन्छ। यस वर्ष उक्त सप्ताह मार्च १७ देखि २३ सम्म सञ्चालन गरिएको थियो ।

    यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशभर प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्दै १ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ ।

    Global Money Week_10.jpg

    कार्यक्रममा साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने तरिका, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीबारे जानकारी प्रदान गरिएको थियो । साथै, बढ्दो डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै बैंकले सूचना प्रविधि ९आईटी० सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियानसमेत सञ्चालन गरेको जनाएको छ । अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्री प्रसारण गरिएको थियो, जसले वित्तीय सुरक्षासम्बन्धी सन्देश समुदायस्तरसम्म पुर्याउन सहयोग पुगेको बैंकले जनाएको छ ।

    त्यसैगरी बैंकले सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास, बचत तथा लगानी व्यवस्थापन, बजेट समायोजन, आकस्मिक अवस्थाका लागि कोष व्यवस्थापन, डिजिटल कारोबार गर्दा हुने गल्ती तथा अनलाइन ठगीबाट बच्ने उपायसम्बन्धी जानकारी पनि प्रदान गरेको छ । सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सन्देशसहित प्रभातफेरी कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकले जनाएको छ। 

    कामना सेवा विकास बैंकले ग्लोबल मनी वीक २०२६ अन्तर्गत सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend