२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार, चैत्र १० २०८२०३:३७
मंगलवार, चैत्र १० २०८२०३:३७
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा बझाङ जिल्लाको बित्थडचिर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट सहित ५ जना विरुद्ध निर्माणा कार्यमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको हो । 

    पालिकाको वडा नम्बर ९ स्थित बागथला धारी डोबा सडक निर्माण कार्यमा सडकमा ग्याबिन कार्य र मेसिनरी कार्यको काम नभई भुक्तानी दिएको आरोप छ ।

    भट्टसहित पालिकाका तत्कालीन लेखापाल रामचन्द्र धामी, इन्जिनियर सन्देश भण्डारी, सबइन्जिनियर किरण भण्डारी र निर्माण कमपनी भुमिराज कन्स्ट्रक्सन धनगढीका प्रोपाइटर मान बहादुर बोहरा विरुद्ध आयोगले मुद्दा दायर गरेको हो । उनीहरुमाथि ८ लाख ४८ हजार ९६२ रुपैयाँ बिगाोसहित माग दाबी गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend