काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इरान युद्धका कारण पछिल्लो समय भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले नेपालमा मूल्य समायोजन गरेको हो ।
यसअघि चैत १ गते निगमले लिटरमा १५ रुपैयाँ बढाएको पेट्रोल बुधबार रातीदेखि पुनः १५ रुपैयाँले बढाएको हो ।
मध्यपूर्व युद्धका कारण १५ दिन ९१६ देखि ३१ मार्चसम्म०मा ५ अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्यवृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगमले सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

