२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • नेपालमै पहिलोपटक ‘रिट्रिभल मेडिसिन’ एड्भान्स तालिम...

नेपालमै पहिलोपटक ‘रिट्रिभल मेडिसिन’ एड्भान्स तालिम सम्पन्न, स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय स्तरको दक्षता

नेपालमै पहिलोपटक ‘रिट्रिभल मेडिसिन’ एड्भान्स तालिम सम्पन्न, स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय स्तरको दक्षता

शुक्रवार, चैत्र १३ २०८२०३:१५
शुक्रवार, चैत्र १३ २०८२०३:१५
  • images

    काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना गरिएको पाँच दिने अन्तर्राष्ट्रियस्तरको ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल मेडिसिटीमा सञ्चालन भएको उक्त तालिम ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

    गम्भीर अवस्थामा रहेका बिरामीलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित रूपमा स्थानान्तरण गर्दै आवश्यक आपतकालीन उपचार प्रदान गर्ने चिकित्सा शाखा ‘रिट्रिभल मेडिसिन’ मा केन्द्रित यो तालिमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो। यसमा विशेषगरी प्रि(हस्पिटल केयर, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यू तथा ट्रान्सफरका क्रममा बिरामीको जीवन रक्षा गर्ने सीपहरू समेटिएका थिए।

    तालिममार्फत चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई आपतकालीन अवस्थामा प्रभावकारी सेवा दिन सक्ने गरी दक्ष बनाउनुका साथै भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन सक्ने प्रशिक्षक तयार पार्ने उद्देश्य पनि राखिएको थियो।

    नेपाल मेडिसिटीका इमर्जेन्सी तथा हाई अल्टिट्यूड सर्भिस चिफ डा। सञ्जय कार्कीका अनुसार तालिमका क्रममा सहभागीहरूलाई बिरामीको सुरक्षित स्थानान्तरण, दबाबपूर्ण परिस्थितिमा काम गर्ने क्षमता तथा प्रि(हस्पिटल सेवामा आवश्यक व्यावहारिक सीपहरू प्रदान गरिएको थियो।
    उनले भने, “यस तालिमले सहभागीहरूलाई ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी अन्तर्राष्ट्रिय अध्ययनका लागि तयार बनाएको छ र भविष्यमा ग्लास्गोबाट डिग्री हासिल गर्न सक्षम बनाउनेछ।”

    रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्गले ‘डिप्लोमा इन रिट्रिभल एण्ड ट्रान्सफर मेडिसिन’ प्रदान गर्दै आएको उल्लेख गर्दै डा। कार्कीले यस तालिमले नेपाली चिकित्सकहरूलाई उक्त परीक्षामा सहभागी हुन सहज बनाउने बताए।

    तालिमका क्रममा मोक टेस्टमार्फत अन्तर्राष्ट्रिय परीक्षाको ढाँचा, मूल्याङ्कन प्रक्रिया तथा व्यावहारिक परीक्षणबारे समेत जानकारी गराइएको थियो, जसले सहभागीहरूलाई आगामी अध्ययन तथा परीक्षाका लागि थप तयार बनाएको छ।

    कार्यक्रममा करिब ९० प्रतिशत चिकित्सक र बाँकी नर्स तथा प्यारामेडिक्सको सहभागिता रहेको थियो। ग्रान्डि, नर्भिक, ल्याम्स, नेपाल मेडिसिटी र नारायणी बयोद्या अस्पतालका साथै पोखरा, लुम्बिनी र वीरगञ्जबाट समेत स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए।

    नेपाल मेडिसिटीले यस्ता तालिममार्फत नेपालमा प्रि(हस्पिटल आपतकालीन सेवाको स्तर उकास्ने र दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याउँदै आएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend