२०८३, आश्विन २० गते

images
  • समाचार
  • लमजुङमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, दुई...

लमजुङमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, दुई घाइते

लमजुङमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, दुई घाइते

सोमवार, चैत्र १६ २०८२०८:३६
सोमवार, चैत्र १६ २०८२०८:३६
  • images

    काठमाडौँ । मर्स्याङ्दी गाउँपालिका–९ पान्चोकस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार २०८२ चैत १५ गते राति करिब १०स्०५ बजे खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको खाली ट्याक्टर सडकबाट करिब ३–४ मिटर तल खस्दा चालकसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ लगिएको थियो।

    दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ घर भई हाल मर्स्याङ्दी–९ स्थित मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राई गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चैत १६ गते बिहान ३स्३५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

    यस्तै, ताप्लेजुङ फुङलिङ नगरपालिका–९ घर भई सोही आयोजनामा कार्यरत ३२ वर्षीय दिपेश लिम्बूको टाउको तथा हातखुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    अर्का घाइते २६ वर्षीय सुमन राई ९स्थायी घर ताप्लेजुङ, हाल झापा बुद्धशान्ति गाउँपालिका–४० को छाती र बाँया हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

    दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend